काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुवास कोइरालालाई दिइएको छ।
कम्पनी सञ्चालक समितिको बैठकले कोइरालालाई निमित्त सीईओ जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। हाल उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। सोही बैठकले सीईओ डा शिवहरि श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ।































