बजारमा आज पनि सुन चाँदीको भाउमा भारी वृद्धि

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँले बढेको छ।

यससँगै आज सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।