काठमाडौं । ग्लोबल म्युचुअल फन्डअन्तर्गत ‘ग्लोबल सिस्टमेटिक इन्भेस्टमेन्ट प्रोडक्ट’ सञ्चालनमा ल्याइने भएको छ।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले यो म्युचुअल फन्ड सञ्चालनमा ल्याउन नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर अनुमति मागेको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले १ अर्ब रुपैयाँबराबरको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो खुलामुखी योजना हो। यसको कोष प्रवर्द्धकका रुपमा ग्लोबल आइएमई बैंक रहेको छ।































