सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २०० ले घटेर रु तीन लाख एक हजार ५०० कायम भएको छ ।

हिजो आइतबार एक तोला सुन रु तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ । हिजो एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।