काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १८ लाख ९९ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ। कम्पनीको संस्थापक समूहको १८ लाख ९९ हजार २४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयरमा यसअघि ३५ दिने सूचना निकालेर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेकोले अब यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।
सर्वसाधारणले ७ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।






























