महासंघको साधारणसभा, अधिवेशन वैशाख २१ र २२ गते हुने, १८ वटा संघले सदस्यता पाउने

काठमाडौं । उद्योग वाणिज्य महासंघको आज बसेको कार्यकारिणी बैठकले आगामी साधारण सभा एवं निर्वाचन बैशाख २१ र २२ गते गर्ने निर्णय गरेको छ । यसअघि नै गरेको यो प्रस्तावलाई आज बसेको बैठकले अनुमोदन गरेको हो ।

यस्तै आज बसेको बैठकले १८ वटा संघलाई महासंघको सदस्यता दिने निर्णय गरेको छ । नयाँ संघले मताधिकार भने अर्को कार्यकालमा मात्रै पाउने छन् ।

यसअघि गत चैत २९ र ३० चैतका लागि महासंघको साधारण सभा एवं निर्वाचन तय भएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो ।