सिटिजन्स बैंकको १४ लाख ४४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकको १४ लाख ४४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १४ लाख ४४ हजार ८४.९३ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले यो अवधिभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।