सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जसमा ५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ५६ लाख ५७ हजार ८९५ रुपैयाँबराबरको नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।