काठमाडौं । नेपाल आयल निगमले असार २७ गते विशेष साधारण सभा डाकेको छ । साधारण सभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सभा कक्षमा दिउँसो १ बजे गर्ने निगमले जनाएको छ ।
निगमको असार ९ गते बसेको संचालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । निगमको विशेष साधारण सभाले निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।