बजारमा आज सुन चाँदीको भाउ बढे बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।

यससँगै सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । यससँगै चाँदी २ हजार १० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी प्रतितोला १९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।