आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफासँगै प्रमुख सूचकहरु बढे

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् ।

यसअवधिमा खुद नाफा १५६.६७ प्रतिशतले बढेर ६१ करोड २१ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २३ करोड ८४ लाख ८६ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन बढेसँगै यसको खुद नाफा बढेको हो ।

खुद बिमा शुल्क आर्जन ९०.५६ प्रतिशतले बढेर १ अर्ब ४१ करोड ८२ लाख ८१ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी ८९.६३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड ५४ लाख २ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कमिसन बापतको आम्दानी पनि ३०.०७ प्रतिशतले बढेर ३६ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसाले बढेर २० रुपैयाँ २१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा छ ।