आजबाट हिमालयन रिको १५ लाख कित्ता शेयरको लकइन अवधि सकिने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको लकइन अवधि आज असार १० गतेबाट सकिदै छ।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण शेयर सर्वसाधारणलाई २०८० मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बिक्री खुला गरेको थियो।

त्यतिबेला सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १५ लाख कित्ता शेयर नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम पुस ११ गतेबाट ६ महिनाका लागि लकइनमा राखिएको थियो।

सोही  शेयरका  लकइन  अवधि  आज  असार १० गतेबाट  सकिने कम्पनीले  जानकारी  गराएको हो।