सुन चाँदीको भाउ साताको पहिलो दिन बढ्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुन चाँदीको मुल्य बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रति तोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको  भाउ  पनि  तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।