एइक्यानको अध्यक्षमा किशोर तिवारी निर्विरोध

काठमाडौँ । सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान) को अध्यक्षमा किशोर तिवारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार काठमाडौँ सम्पन्न प्रथम साधारण सभाले तिवारीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको हो ।

प्रथम उपाध्यक्षमा केशवराज अर्याल, द्वितीय उपाध्यक्षमा विनोद पोखरेल चयन भएका छन् भने महासचिवमा तीर्थराज भण्डारी रहे । सचिव शिवप्रसाद सुवेदी, कोषाध्यक्ष अनिल भण्डारी हुँदा सह कोषाध्यक्षमा मेघराज शाही चयन भएको कोषाध्यक्ष अनिल भण्डारीले जानकारी दिए ।

सदस्यहरूमा पूजा प्रधान, प्रेम चापागाईँ, अनिल मरहट्टा, हिरानाथ महर्जन, मुकेश खतिवडा, गंगाराम बस्नेत, सन्तोष बाराकोटी र मनिष बर्देवा चयन भएका हुन् ।

जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका व्यवसायीहरू संगठित हुन यसअघि समिति बनेका थियो ।

शनिबार शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको प्रमुख आतिथ्यतामा भएको प्रथम साधारणसभाले कार्यसमिति चयन गरेको हो ।

हाल संस्थामा ७४ वटा जापान अध्ययन सम्बन्धी सेवा प्रदायक संस्था आबद्ध भइसकेका छन् । यस क्षेत्रमा भएका समस्यालाई समाधान गर्दै जापानका स्कुल कलेजहरूसँग समन्वय गर्ने, सामाजिक कामहरू गर्ने, जापानको डकुमेन्टमा देखिएका समस्याहरूलाई सकेसम्म एकरूपता गराउने, अतिरिक्त क्रियाकलाप गर्ने, जापानको राजदूतावास, भिएफएस र विदेश अध्ययन अनुमतिपत्र (एनओसी)को लागि शिक्षा मन्त्रालय लगायतका विभागसँग एइक्यानले समन्वय गर्नेछ ।