skip this prime bank skip

सिंचाई विभागमा ताला

काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न भैसकेका कामको समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका नेपाल निर्माण व्यवसायीहरुले आज साउन २८ गते कार्यालय समयमा ललितपुर जावलाखेलस्थित सिँचाई विभागको कार्यालयमा ताला लगाएका छन।

विभागमा ताला लगाउने नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना भन्दा बढी निर्माण व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

नारावाजीसहित विभागको कार्यालयमा ताला लगाउन सफल उनीहरुलाई प्रहरीले पक्राउ गरेर ताला खोलाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिएका छन । उनले भने ‘हामीले नौं बुँदे माग राखेर कार्यालयमा ताला लगाएका थियौं ।

प्रहरीले बल प्रयोग गरेर ताला खोलेसँगै हाम्रो महासचिव सहित ४५ जना भन्दा बढी व्यवसायी साथीहरुलाई पक्राउ गरेको छ’ ।

आइतबार ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । निर्माण व्यवसायीहरूले आज ललितपुर चाकुपाटको सडक विभागमा घेराउ गर्ने कार्यक्रम राखेका थिए।