काठमाडौं । ‘मिसेस तामाङ २०२३’को उपाधि सरिता तामाङले जितेकी छिन् । शुक्रबार अबेरसाँझ काठमाडौंको नाचघरमा सम्पन्न सो प्रतियोगितामा अन्य १२ प्रतिस्पर्धीलाई पछि पार्दै सरिता ‘मिसेस तामाङ २०२३’ बनेकी हुन् ।
एसके इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित यो प्रतियोगिताले तामाङ महिलाको व्यक्ति विकाशमा महत्वपूर्ण भूमिका खेल्ने कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङले बताए ।
प्रतियोगितामा फष्ट रनर अपको उपाधि दुर्गा तामाङले, सेकेण्ड रनर अपको उपाधि सुस्मिता तामाङले हाँसिल गरे । मिना तामाङ थर्ड रनर अप र मनिषा तामाङ फोर्थ रनर अप घोषित भए ।
यसैगरी मिसेस तामाङमा अन्य उपाधि तर्फ मिसेस अनेष्टको उपाधि मनिषाले, फ्रेण्डशीपको उपाधि सुष्मिताले, डिसिप्लेनको उपाधि सर्मिलाले, बेष्ट स्माइलको उपाधि मोनिकाले, हार्ड वर्किंगको उपाधि इचुलाले र मिसेस एक्टिभको उपाधि देउती तामाङले जिते ।
अन्तिम प्रतिश्पर्धाको निर्णायकहरुमा गायकहरु आनन्द कार्की, विश्व दोंग, रोशन तामाङ, मेकअप आर्टिष्ट टेकराज पाण्डे, गायिका रमला पाख्रिन, फेशन डिजाइनर सोनिका लामा थिए ।




























