काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको खरिद दर १४४ रुपैयाँ ८९पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९९ रुपैयाँ ९७ पैसा रहेको छ ।