आज सार्वजनिक बिदा

सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

काठमाडौं । सरकारले बकर इदको अवसरमा आज असार १४ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले गत मंगलबार नै एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो ।

सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि आज बन्द हुनेछन् ।