पश्चिमाञ्चल स्वास्थ्य सहकारीद्धारा रक्तदान

पोखरा । पश्चिमाञ्चल स्वास्थ्य सहकारीको २१ औ स्थापना दिवसको अवसरमा खुल्ला ररक्तदान गरिएको छ । १०८ प्वाईट रगत सङकलन भएको छ ।

कार्यक्रम को शुभारम्भ पोखरा महानगर पालिकाका सहकारी प्रमुख रविरमण तिवारीले पहिलो रक्तदान डा.नवराज वास्तोलालाई ब्लड ब्याग हस्तानतरण गदै शुरु गर्नु भएको थियो ।

सो अवसरमा तिवारीले सहकारी एकतासंगै सहकारीहरुको सकृयाता एेन नियमको पालना गर्नु नै सहकारीको मूलर्मम हुनुपर्ने बताए ।

कार्यक्रममा रत्तदान अभियान्ता एवं सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले रक्तदान बढाउन सहकारीहरुको भूमिका महत्वपुर्ण रहेको बताए ।
कार्यक्रममा अग्रज रक्तदाता बिक्रम उदासले ७६ औ पटक रक्तदान गर्नु भएको छ ।

२०५९ मा स्थापित सहकारी पोखरा समुह अस्पतालको सञ्चालन मार्फत सम्पुर्ण स्वास्थ्य सेवा र बचत तथा ऋण कार्य गरिदै आएको उपाध्यक्ष अर्जुन ज्ञवालीले बताए ।

संस्थाका अध्यक्ष हरी पाण्डेको सभापतित्वमा भएको कार्यक्रम मार्फत आकस्मिक रक्तदान समुहका अध्यक्ष्य हरिश्चन्द्र शर्मा, नेपाल स्वयमसेवी रक्तदाता समुहका सदस्य बीरेन्द्र पराजुली, डा.छममाया पुन, डा.गणेश भक्त आर्चाय,सचिव मिलन श्रेष्ठ, कार्यक्रम संयोजक ध्रुव शर्मा लगायतले आ–आफ्ना भनाई राखेका थिए ।