काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ ।
एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित हुने क्रममा बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले एक सय ४५ मत प्राप्त गरेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले सन् २०२४ देखि २०२६ सम्म दुई वर्ष उक्त समितिको सदस्यको रुपमा काम गर्नेछ ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यूएनको इतिहासमा यो नेपालको अर्को जितको रुपमा रहेको बताइन् ।