काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ३३ करोड २३ लाख ७९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो ।
कम्पनीले आर्जन गरेको मुनाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ३५.२० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६० करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष ३ अर्ब ९९ करोड रुपैयाँबाट घटेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ११.५५ प्रतिशतले घटेको हो ।
यता, कम्पनीको आम्दानी १ अर्ब ७९ करोड रुपैयाँबाट ४.०१ प्रतिशतले घटेर १ अर्ब ७२ करोडरुपैयाँ पुगेको छ । खर्च भने ४८ प्रतिशतले बढेर१ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यता, महाविपत्ती कोष ११.८९ प्रतिशतले बढेर ७ करोड ८२ लाख रुपैयाँ र जगेडा कोष २१ प्रतिशतले घटेर २४ करोड ५ लाख रुपैयाँ सन्चिति रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७।७३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३७५.५० रुपैयाँ रहेको छ ।