काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडल एकैपटक ठूलो संख्यामा संस्थापक शेयरको बिक्री खुलाएको छ ।
फाइनान्सले संस्थापक शेयरधनीहरूको नाममा रहेको ११ लाख ३५ हजार १६१ कित्ता बिक्रीमा ल्याएको हो । फाइनान्सकै विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने यो शेयर ३५ दिनभित्र किनिसक्नुपर्नेछ ।
त्यसका लागि आफूले खरिद गर्न चाहेको मूल्य खुलाई फाइनान्सको मुख्य कार्यालय हेटौंडामा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बेच्ने प्रक्रिया अघि बढाइने फाइनान्सले जनाएको छ ।