एनआइसी एसिया लघुवित्तको खुद ब्याज आम्दानी करिब ५० करोड

९ महिनामा कमायो १३ लाख नाफा

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा ३.४३ प्रतिशत धेरै हो । गत वर्ष यस संस्थाले १२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ६२ करोड ७२ लाखबाट घटेर ४९ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । यता, ६ करोड ५२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ ।

संस्थाको सञ्चालन खर्च ५१ करोड ८ लाखबाट बढेर ६२ करोड ६७ लाख पुगेको छ । वितरणयोग्य नाफा ३ करोड ७ लाख रुपैयाँ छ । यो नाफा गत वर्षको भन्दा ८४.१५ प्रतिशत कम हो ।

१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड १० लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी (वार्षिक) १० पैसा छ भने प्रतिसेयर नेटवर्थ १४७.२४ रुपैयाँ छ । एनपीएल १३.५५ प्रतिशत पुगेको छ ।