सलिकोद्वारा चैत मसान्तसम्मको दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत चैत मसान्तसम्म परेको दाबी भुक्तानी लिन बिमितलाई आग्रह गरेको छ ।

इन्स्योरेन्स कम्पनीले चैत मसान्तसम्म दाबी परेका तर भुक्तानी हुन नसकेका ग्राहकले आवश्यक कागजात इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयमा बुझाई ३५ दिनभित्र दाबी भुक्तानी लिन आग्रह गरेको हो ।

तोकिएको म्यादभित्र बिमितले कागजात पेश नगरेमा वा सम्पर्कमा नआएमा दाबी फाइल बन्द गरिने पनि इन्स्योरेन्स कम्पनीले जनाएको छ ।