आज सुनको मूल्य पुनः बढे प्रतितोला एक लाख ७१ हजार

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला एक हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।