आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।।

विकास समितिकाअनुसार आज कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २१, रातो आलु ३३, भारतीय रातो आलु ३०, सुकेको भारतीय प्याज ७९, लोकल बन्दा १२, तराईको बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७, सेतो मुला २२, लाम्चो भन्टा २०, करेला ११५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी भिन्डी १०५, सायोको साग १२, पालुंगोको साग ३५, कन्य च्याउ ११०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५, लौका ५५, घिरौँला ९५ रुपैयाँ प्रतिकिलो थियो।