काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कर्पोरेसनले १ करोड ६० लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो गत वर्षको यसै अवधिको तुलनामा १६.५२ प्रतिशत थोरै हो । गत वर्षको असोजसम्म यसले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको आम्दानी पनि २३.३९ प्रतिशतले घटेको छ । गत वर्ष २ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको आम्दानी अहिले घटेर २ अर्ब २४ करोडमा झरेको छ । यसको आम्दानी घट्दा नाफामा गिरावट आएको हो ।
हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३३ करोड रुपैयाँ जम्मा छ ।
यसअवधिसम्म आइपुग्दा कर्पोरेसनको प्रतिसेयर आम्दानी ९वार्षिक० १९ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ ३७२ रुपैयाँ ६२ पैसा रहेको छ ।
































