काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिद दर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्री दर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्रयांक एकको खरिद दर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ७२ पैसा र बिक्री दर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९१ पैसा र बिक्री दर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।