पोखरा उडेको बुद्ध एअरमा समस्या, पुनः काठमाडौं नै फर्काइयो

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एअरको जहाज पुनः काठमाडौं नै फर्काएइको छ ।

उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि विमान पोखरा नपुग्दै काठमाडौं फर्काइएको बताइएको छ ।

आज शुक्रबार अपराह्न ४ बजे पोखरा उडेको ‘नाइन एन एएमडी’ कलसाइन भएको उडान नं। ६५५ को जहाज पुनः काठमाडौं फर्काइएको हो ।

घटनाबारे एअरलाइन्स कम्पनीले आफ्नो ट्वीटर ह्याण्डलमा भनेको छ, ‘काठमाडौंबाट पोखरा उडान नं. ६५५, कल साईन नाइन एन एएमडी मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको छ ।’