काठमाडौँ । जय नेपाल इन्टरनेशनल फाउन्डेशन अन्तर्गतको विश्व ज्ञान संजाल (ग्लोबल नलेज नेटवर्क) ले “नेपालको संविधान संशोधन: औचित्य र आवश्यकता” विषयक वेबिनार आयोजना गर्न लागेको छ।
नेपालका प्रमुख दुई दल, नेपाली काँग्रेस र नेकपा एमाले, ले नयाँ सरकार बनाउँदा संविधान संशोधन गर्न सहमति गरेको भन्ने सन्दर्भमा यसको के कति औचित्य र आवश्यकता छ भन्ने विषयमा संस्थाले यो वेबिनार आयोजना गर्न लागेको अध्यक्ष डा. यादव पण्डितले बताए ।
वेबिनारमा संविधानविद् प्रा. डा. विपिन अधिकारी, क्षेत्री एण्ड एसोसियट्स पीसीका संस्थापक खगेन्द्र जीसी र वरिष्ठ अधिवक्ता श्रीमती सविता भण्डारीले आफ्नो प्रस्तुति दिनेछन् ।
कार्यक्रमको सहजीकरण ग्लोबल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले गर्नेछन् ।