काठमाडौँ । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुईजनालाई प्रहरीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरू रौतहट माधवनारायण नगरपालिका–२ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने वर्ष २१ का शुभम साह र रौतहटको गौर नगरपालिका–३ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २३ को सत्यमकुमार सहनीलाई सार्वजनिक गरिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबरजस्ता एपहरूबाट ई–सेवा वालेट लगायत विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको छ । ठगीमा परेका २२ जनाले कार्यालयमा उजुरी दिएका थिए ।
































