बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ ।  सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले बागमती, कर्णाली र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनु भएको हो ।

जसअनुसार सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले  २२ जना  राजपत्राङ्कित  विशिष्ट  श्रेणीका  अधिकृतको सरुवा गर्ने निर्णय पनि गरेको छ ।