आज बुधबार सुन चाँदीको मूल्य घटे

काठमाडौं । आज बुधबार सुन चाँदीको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज  तेजावी सुन प्रतितोला  १ लाख ४० हजार ९ सय रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।