काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री कार्यालय मातहतको कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।
यी हुन् कालो सूचीमा पर्ने १९ निर्माण कम्पनी