skip this prime bank skip

पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित

काठमाडौं । नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति निकालेर आजको लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिनुभएको हो।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास भइरहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्ने गरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर जानकारी गराउन समेत आग्रह गर्नुभएको छ ।

महासङ्घको शुद्धीकरण समितिले छानबिन गरी तयार गरेको नामावलीमा विवाद उत्पन्न भएपछि चुनाव अन्योलमा परेको हो ।