काठमाडौं । धौलागिरी र खप्तड लघुवित्त एक आपसमा मर्ज भएर आज (असार २० गते) बाट एकीकृत कारोबार सुरु भएको छ ।
दुवै एक भएपछि धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबारसुरु भएको हो । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिएको थियो ।
यस्तै, दुवै कम्पनीको गत चैत ६ गते सम्पन्न विशेष साधारण सभाले पनि मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । मर्जर पश्चात कम्पनीको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहनेछ ।
यी दुई संस्थाबीच गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारी पत्रमा गत मंसिर १८ मा हस्ताक्षर भएको थियो भने १७ पुसमा नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको थियो ।
हाल खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेको छ ।