सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं ।  सामुदायिक  लघुवित्तको १५ प्रतिशत लाभांश  सुरक्षित गर्ने बुधबार (असार १३ गते) अन्तिम दिन हो । असार २२ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीबार (असार १४ गते) बुक क्लोज गर्दैछ ।

तसर्थ, बुधबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांस र सभामा सहभागि हुन पाउनेछन् ।कम्पनीको सभा धुलीखेल लज रिसोर्ट, नयाँगाउँमार्ग काभ्रेपलान्चोकमा बिहान ११ बजे देखि सुरु हुनेछ ।

वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।

वार्षिक साधारण मार्फत संस्थापक समूहको सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरिने छ ।