काठमाडौं । आईएफबीका नयाँ रेफ्रिजेरटर बजारमा भित्रिएका छन् । घरायसी विद्युतीय सामग्रीमा लोकप्रिय दाबी गरिएको विश्वव्यापी ब्राण्ड आईएफबीले नेपालमा पहिलो पटक आफ्नो उन्नत रेफ्रिजेरटर बजारमा ल्याएको हो ।
नेपालमा आईएफबीका होम अप्लायन्सेजका आधिकारिक वितरक द सग्तानी एक्जिम प्रालीले राजधानीमा एक कार्यक्रम गरी १० वटा भन्दा बढी नयाँ मोडलका फ्रिज सार्वजनिक गरेको हो ।
सार्वजनिक यी मोडल फ्रस्ट फ्रि र डाइरेक्ट कूल गरी दुई किसिमका रहेका छन् । ३२ हजार २ सय देखि ७२ हजार ९ सयसम्मका यी फ्रिजमा स्मार्ट कन्ट्रोल प्यानलदेखि एन्टिब्याक्टेरियलसम्मका अत्याधुनिक विशेषता रहेको कश्पनीले जनाएको छ ।