बिग मास्टरका ३७५ एम एल मिनि वोटल बजारमा

काठमाडौ । रोयल काठमाडौ हिमालय वेभरेज पा ली को बिग मास्टर वाईन ३७५ एम एल मिनि वोटल बजारमा आएको छ ।

एक दशक देखि नेपाली वाईन ईन्डष्ट्रिजमा स्थापित यस कम्पनि का बिग मास्टर ब्राण्डका बिभिन्न भेराइटिजहरु उपभोक्ताले अत्यधिक रुचाएका कारण हाल कम्पनिका उत्पाहरुले नेपाली वाईन ईन्डष्ट्रिजमा लिडिङ व्राण्डको रुपमा आफ्नो पहिचान कायम राख्न सफल भएको छ ।

उपभोक्ताको स्वाद, सन्तुष्टि, माग र मनस्थितिलाई मध्यनजर गरी ३७५ एम एल मिनि वोटल बजारमा विक्रि वितरण शुरु गरेको र उपभोक्ताको मन जित्न सफल यस उत्पादनले उपभोक्तामाझ थप उत्साह प्रदान गर्ने कम्पनिका अध्यक्ष गणेश प्रसाद चापागाईले विश्वास व्यक्त गर्नुभयो ।

हाल बिग मास्टर ब्राण्डका वाइनहरु ३७५ एम एल, ७५० एम एल र ४ लिटर का प्याकमा वजारमा उपलब्ध रहेका छन ।