आज मंगलबार सुन–चाँदीको भाउ बढ्यो

काठमाडौं । सुनको भाउ मंगलबार प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।