प्रधानमन्त्रीको भारत भ्रमण : पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौँ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्र मन्त्री लगायतसँग चरणमा छलफल गर्नुहुनेछ । जुन छलफल २ः०० बजेबाट सुरु हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाने कार्यक्रम रहेको छ।