skip this prime bank skip

ओलीलाई भ्रष्टाचार करार गरेको भन्दै एमाले सरकारसँग माग्यो जवाफ

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी ओलीलाई संसदबाट भ्रष्टचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गरेका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा शुरुवमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले केपी ओलीले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै यस सम्बन्धमा सरकारको स्पष्ट जवाफको माग गरे ।