प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा बोल्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिन लागेका हुन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० कडारूपमा प्रस्तुत भएको छ।