मञ्जु खाणले प्रहरी हिरासतमा रहेका श्रीमान बालकृष्ण खाणलाई भेटिन

नक्कली भुटानी शरणार्थी प्रकरण

काठमाडौं । सांसद मञ्जु खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना श्रीमान् बालकृष्ण खाणलाई भेटेकी छन् ।
मञ्जुले आज बिहान जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीमान् बालकृष्णसँग भेट गरेकी हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रहेको आरोपमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण वैशाख २७ गते चाबहिलबाट पक्राउ परेका थिए ।

सो प्रकरणमा मञ्जुमाथि आरोप लागेपनि पक्राउ भने परेकी छैनन् ।