प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लैजान प्रधानमन्त्रीलाई ओलीको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलकन नेता केपी ओलीले प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लैजान प्रधानमन्त्रीलाई आग्रह गरुका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन् ।

‘यो नीति तथा कार्यक्रमको मिसन छैन, प्रधानमन्त्री प्रचण्डलाई उनले भने, प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्’ ओलीले भने ।

सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समय दिन आफूहरू तयार रहेको पनि बताए।

‘यो फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस् । हामी नीति तथा कार्यक्रम पुनर्लेखन गर्न समय दिन तयार छौँ’ उनले भने ।