नक्कली भुटानी शरणार्थी प्रकरण – एकीकृत समाजवादीले आज प्रदर्शन गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ ।

दिउँसो ३ बजे माइतिघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

हिजो मात्र सो पार्टीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।