काठमाडौं । सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सिजी डिजिटलले नेपालीहरूको महान् चाड दशैं तथा तिहारलाई लक्षित गर्दै ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनहरूमा २५ प्रतिशतसम्म छुट, पक्का उपहार र लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्। योजना अवधिभर लक्की ड्रमार्फत ६ जना भाग्यशाली विजेताले आकर्षक स्मार्टफोनलगायतका उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ।
विभिन्न उत्पादन खरिदमा ग्राहकलाई विशेष उपहारको व्यवस्था गरिएको छ। जसअनुसार ८ र ९ केजीको वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल र वासिङ मेसिन कभर, डिशवासर खरिदमा दुईवटा वासिङ ट्याब्लेट्स, ४३ देखि ६५ इन्चसम्मका एलइडी टिभीमा वाल ब्र्याकेट तथा एयर कन्डिसनर (एसी) खरिदमा निःशुल्क जडान (फ्री इन्स्टलेसन) को सुविधा छ।
यसबाहेक ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा इएमआई, पुरानो सामानसँग साट्न सकिने एक्सचेन्ज सुविधा तथा एक्सचेन्ज बोनस, निःशुल्क डेलिभरी र लोयल्टी क्लब रिवार्डजस्ता थप सेवाहरू पनि पाउनेछन्।
हाल देशभर सञ्चालनमा रहेका सिजी डिजिटल तथा एलजी ब्रान्डका २८ वटा शोरुमहरूबाट एलजी, सिजी, टिसिएल, गोदरेज, माइदिया, बेको, क्रोम्पटन, केन्टलगायतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स सामग्रीहरूमा यो योजना लागू हुने कम्पनीले जनाएको छ।



























