बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन ३ लाख १ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।