सामसङ वासिङ मेसिन र फ्रिजमा २३ प्रतिशतसम्म क्यासब्याक, २४ महिनासम्मको ईएमआई अफर

काठमाडौँ । सामसङ नेपालले घरायसी उपकरणहरूकाे खरिदमा विदेश छुट र फाइनान्स अफर ल्याएको छ । कम्पनीले होम अप्लायन्सेस अपग्रेड गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै गत २१ मेदेखि ‘Samsung Saving Days’ अफर सार्वजनिक गरेकाे हो ।

यो अफर १९ जुलाईसम्म लागू हुनेछ । यसबिचमा सामसङका केही वासिङ मेसिन र रेफ्रिजरेटर (फ्रिज) मोडेल खरिद गर्दा ग्राहकहरूले आकर्षक क्यासब्याक तथा फाइनान्स (ईएमआई) सुविधा पाउने कम्पनीले जानकारी गराएको छ ।

सामसङका विभिन्न मोडेलका वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

वासिङ मेसिनतर्फ AI EcobubbleTM Washer Dryer (९–११ केजी) मा २३ प्रतिशतसम्म, AI EcobubbleTM Front Load (९–१२ केजी) मा २२ प्रतिशतसम्म तथा Fully Automatic र Semi Automatic Top Load मोडलहरूमा १२ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।

त्यस्तै रेफ्रिजरेटरतर्फ Double Door (२५३L–२७५L) मा १७ प्रतिशतसम्म, 5 in 1 (३५०L–४१९L) र Single Door (१९२L–२३०L) मा १५ प्रतिशतसम्म तथा SBS (७००L) मोडेलमा ११ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने कम्पनीले जानकारी गराएकाे छ ।

यता, किस्तामा सामान खरिद गर्न चाहने ग्राहकहरुका लागि कम्पनीले २४ महिनासम्मको ईएमआई सुविधा पनि ल्याएको छ । यसअन्तर्गत वासिङ मेसिनको मासिक किस्ता एक हजार ३७० रुपैयाँ र रेफ्रिजरेटरको किस्ता एक हजार ४०८ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले १२ महिना वा २४ महिनाको ईएमआई योजनामा उपकरण खरिद गर्न सक्नेछन् ।

यसका साथै कम्पनीले आफ्ना पुराना उपकरण साटेर नयाँ सामसङ होम अप्लायन्स खरिद गर्न सक्ने एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएकाे छ । कम्पनीका अनुसार ग्राहकहरूले ArkoStore वा देशभर रहेका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज सेवा लिन सक्नेछन् ।