काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।




























